Skip to content
LAXMI SUNRISE BANK

सानिमा बैंकको बैंकिङ सेवा दुई दिन अवरुद्ध हुने !

अर्थ सरोकार

काठमाडौँ । सानिमा बैंकको बैंकिङ सेवा दुई दिन अवरुद्ध हुने भएको छ । बैंकको प्रणाली मर्मत भइरहेकोले दुई दिन बैंकिङ सेवा अवरुद्ध हुने भएको हो । 

दुई दिन माघ २३ गते (शुक्रबार) र माघ २६ गते (सोमबार) बिहान ७ बजेदेखि ९ बजेसम्म बैंकिङ सेवा अवरुद्ध हुने बैंकले जनाएको छ । 

बैंकिङ सेवा अवरुद्धबारे बैंकले जारी गरेको सूचना अनुसार यी दिन बैंकको एटिएम, मोबाइल बैंकिङ, मोबाइल बैंकिङ पस, इ-कम लगायतका सेवाहरु अवरुद्ध हुनेछन् र

सेवा अवरुद्ध हुने सूचना जारी गर्दै बैंकले यसबाट ग्राहकवर्गमा पर्न जाने असुविधाप्रति क्षमाप्रार्थी रहेकोसमेत जनाएको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK