Skip to content
LAXMI SUNRISE BANK

दुर्गा प्रसाईंलाई छोड्न सर्वोच्चको आदेश

अर्थ सरोकार

काठमाडौँ । दुर्गा प्रसाईंलाई रिहा गर्न सर्वोच्च अदालतले आदेश दिएको छ । सर्वोच्चका न्यायाधीश मनोजकुमार शर्मा र मेघराज पोखरेलको इजलासले प्रसाईंलाई थुनामुक्त गर्न आदेश दिएको हो । 

प्रसाईंलाई गैरकानुनी रुपमा थुनामा राखिएको दाबीसहित उमा प्रसाईंले गतसाता सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरणको निवेदन दिएकी थिइन् ।

सोही निवेदनमाथि सुनुवाइ गर्दै सर्वोच्च अदालतले प्रसाईंको हकमा बन्दीप्रत्यक्षीकरणको आदेश गरेको हो । प्रसाईंलाई फागुन ४ गते प्रहरीले काठमाडौँबाट पक्राउ गरेको थियो । 

निर्वाचन भाँड्ने गतिविधिमा संलग्न रहेको आरोपसहित प्रसाईंलाई कारवाही गर्न निर्वाचन आयोगले गरेको पत्राचारका आधारमा प्रहरीले प्रसाईंलाई पक्राउ गरेको थियो ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK