Skip to content
LAXMI SUNRISE BANK

टाटाको आकर्षक योजना: पन्च इभी खरिद गर्ने ग्राहकहरूका लागि ७० प्रतिशत रिसेल ग्यारेन्टेडको विशेष सुविधा

अर्थ सरोकार

काठमाडौँ । टाटा मोटर्सको नेपालका लागि आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ प्रालिले फेब्रुअरी महिनालाई लक्षित गर्दै टाटा पन्च इभीमा निकै आकर्षक योजना सार्वजनिक गरेको छ । कम्पनीले यस अवधिमा पन्च इभी खरिद गर्ने ग्राहकहरूका लागि ७० प्रतिशत रिसेल ग्यारेन्टेडको विशेष सुविधा ल्याएको हो ।

यो योजना फेब्रुअरी महिनाभर टाटाको लोकप्रिय पन्च इभी खरिदमा मात्र लागू हुनेछ । कम्पनिका अनुसार पन्च इभी खरिद गरेपछि भविष्यमा त्यसको उचित मूल्य प्राप्त होस् भन्ने उद्देश्यले कम्पनीले यो उच्च रिसेल भ्यालुको सुनिश्चितता प्रदान गरेको हो ।

यो फेब्रुअरी महिनाभरि पन्च इभी खरिद गर्ने ग्राहकहरुले भविष्यमा टाटाको कुनै अरु गाडी साट्ने बेलामा ७०% ग्यारेन्टेड रिसेल पाउने कम्पनीले जनाएको छ । यसले अहिले पन्च इभी किन्ने ग्राहकहरुमा थप आत्मविश्वास बढ्ने कम्पनिले अपेक्षा रहेको छ । यो स्किमको बिस्तृत जानकारी टाटा गाडीको नेपालभरि रहेको शो रुममा गएर बुझ्न सकिनेछ ।

अत्याधुनिक प्रविधि र प्रिमियम फिचर्ससहितको टाटा पन्च इभी नेपाली बाटोलाई सुहाउँदो भएकोले ग्राहकहरू माझ लोकप्रिय छ । फेब्रुअरी महिनाभित्र गाडी खरिद गरे पश्चात भविष्यमा उचित रिसेल मुल्यांकन पाउने हुँदा ग्राहकहरूले आर्थिक रूपमा ठूलो फाइदा लिन सक्ने सिप्रदीको विश्वास छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK