Skip to content
LAXMI SUNRISE BANK

बालेनको घरमा चोरी गर्ने तीन जना पक्राउ

अर्थ सरोकार

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) को घरमा चोरी गर्ने तीन जना पक्राउ परेका छन् । उनीहरुलाई जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरूमा काठमाडौँ-१६ बालाजुका ४२ वर्षीय विष्णुबहादुर राजवाहक, सिन्धुपाल्चोकको लिसंखुपाखर-६ का ४६ वर्षीय खिमबहादुर खड्का र डोटीको दिपायल सिलगडी नगरपालिका-६ का ४५ वर्षीय सञ्जय श्रेष्ठ छन् ।

पक्राउ परेकाहरुको साथबाट प्रहरीले चोरी भएका सामानहरु पनि बरामद गरेको छ । उनीहरुको साथबाट ल्यापटप, ल्यापटपको चार्जर र भिडियो रेकर्डर बरामद गरिएको प्रहरीले जनाएको छ । 

शाहको घरमा भएको चोरीका मुख्य व्यक्ति विष्णुकुमार राजवाहक रहेको खुलेको छ । उनी जेन-जी आन्दोलनमा नख्खु कारागारबाट भागेका व्यक्ति रहेको प्रहरीले पुष्टि गरेको छ । पेन्टरको काम गर्ने उनले बालेन शाहको डेराघरमा चोरी गरेको स्वीकारेका छन् ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK