Skip to content
LAXMI SUNRISE BANK

ट्रिटन इन्टर स्कुल +२ म्यानेजमेन्ट क्विज प्रतियोगिता हुने, विजेतालाई नगद पुरस्कार सहित आकर्षक उपहार  

अर्थ सरोकार

काठमाडौँ । ट्रिटन इन्टर स्कुल +२ म्यानेजमेन्ट क्विज प्रतियोजिता-२०८२ हुने भएको छ । ट्रिटन  इन्टरनेशनल कलेजको ट्रिटन इन्टर्याक्ट क्लबले फागुन १५ गते शुक्रबार उक्त प्रतियोगिता आयोजना गर्ने भएको हो । कार्यक्रम बिहान ८ : ३० बजेबाट सुरु हुनेछ ।

क्विज प्रतियोजिता चार चरणमा विभाजन गरिएको आयोजकले जनाएको छ । जसले प्रतियोगितामा निष्पक्षता, पारदर्शिता तथा चुनौती र उत्साह सिर्जना गर्नेछ ।

आयोजकका अनुसार प्रतियोगिताको पहिलो चरणमा छनोट राउन्ड सञ्चालन हुनेछ । यस चरणमा सहभागी टोलीहरूलाई समूहमा विभाजन गरी विभिन्न विषयबाट अवधारणात्मक प्रश्न सोधिनेछ । प्रत्येक समूहबाट उत्कृष्ट टोलीहरू अर्को चरणमा प्रवेश गर्नेछन् भने बाहिरिएका टोलीहरूलाई बहुविकल्पीय प्रश्न (MCQ) मार्फत पुनः प्रतिस्पर्धा गर्ने अन्तिम अवसर दिइनेछ ।

दोस्रो चरण ‘र्‍यापिड फायर राउन्ड’ का रूपमा सञ्चालन गरिनेछ, जसमा सीमित समयभित्र छिटो र सही उत्तर दिने क्षमताको परीक्षण गरिनेछ । यस चरणबाट उत्कृष्ट ६ टोली सेमिफाइनलमा पुग्नेछन् ।

त्यस्तै, तेस्रो चरण ‘रिस्क एन्ड रिटर्न–ट्रेडिङ राउन्ड’ रहनेछ । व्यवस्थापनको व्यवहारिक पक्षलाई समेटिएको यस चरणमा टोलीहरूले भर्चुअल अंक प्रयोग गरी प्रश्न किनबेच गर्न सक्नेछन् । विश्लेषणात्मक क्षमता, निर्णय शक्ति तथा अवधारणागत ज्ञानका आधारमा उत्कृष्ट ४ टोली फाइनलका लागि छनोट हुनेछन् ।

अन्तिम चरण बजर राउन्ड हुनेछ, जहाँ सबै विषयबाट प्रश्न सोधिनेछन् र बजर पहिले थिच्ने टोलीले उत्तर दिने अवसर पाउनेछ । सही उत्तर दिएमा अंक प्राप्त हुने र गलत उत्तरमा अंक कट्टा हुने व्यवस्था गरिएको छ ।

प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने टोलीलाई नगद पुरस्कारसहित ट्रफी र प्रमाणपत्र प्रदान गरिनेछ भने चौथो हुने टोलीलाई गिफ्ट ह्याम्पर प्रदान गरिनेछ । साथै, सेमिफाइनलबाट बाहिरिएका दुई टोलीका लागि कलेज परिसरभित्र ‘ट्रेजर हन्ट’ कार्यक्रमसमेत सञ्चालन गरिने आयोजकले जनाएको छ ।

उक्त प्रतियोगितामा भाग लिन फागुन १३ गतेभित्र आवेदन दिन सकिनेछ । आवेदन अनलाइन मार्फत दिन सकिनेछ । थप जानकारीका लागि कजेलको वेबसाइट वा 9767069532 मा सम्पर्क गर्न सकिनेछ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK