काठमाडौँ । वैदेशिक रोजगारीका लागि विभिन्न देश पठाउने भन्दै रकम ठगी गर्ने दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा काभ्रेपलान्चोक पाँचखाल घर भएका ३५ वर्षीय रुपेश अधिकारी र धादिङ खानबेसी घर भएका ३५ वर्षीय हिरा तामाङ रहेका छन् ।
उनीहरुलाई पीडितले दिएको उजुरीका आधारमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।
प्रहरीका अनुसार अधिकारीले अस्ट्रेलिया पठाउने भन्दै ९ लाख रुपैयाँ र तामाङले स्लोभाकिया पठाउने भन्दै ८ लाख ५० हजार रुपैयाँ उठाएर सम्पर्क विहीन भएका थिए ।
हाल दुवै जनालाई थप अनुसन्धान तथा आवश्यक कारवाहीका लागि वैदेशिक रोजगार विभाग पठाईएको प्रहरीले जनाएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्