काठमाडौँ । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले आफ्नो पार्टीले छोटो समयमै देशभर जनताको माया, विश्वास र सद्भाव प्राप्त गरेको बताएका छन् । रामेछापमा आयोजित अगुवा कार्यकर्ता भेला तथा पार्टी प्रवेश कार्यक्रममा बोल्दै उनले पार्टी स्थापना भएको करिब तीन महिनामै व्यापक समर्थन देखिएको बताएका हुन् ।
‘आज देशैभरी उज्यालो नेपाल पार्टी छोटो समयमा ३ महिनाको समयमा यति धेरै जनताको माया, विश्वास र सद्भाव छ ।’, उनले भने, ‘त्यो देख्दा हामी साँच्चै एक नम्बरको पार्टी बन्न धेरै समय लाग्दैन ।’
उनले अबको प्रतिनिधि सभा निर्वाचन नजिकिँदै गएको उल्लेख गर्दै आगामी २०/२१ दिनको अभियानमा बढीभन्दा बढी सिट जित्ने लक्ष्य रहेको बताए । उनले आफ्नो पार्टीले निर्वाचनपछि सरकारको नेतृत्व गर्ने विश्वास व्यक्त गर्दै उज्यालो नेपाललाई ‘चमत्कारी पार्टी’का रूपमा स्थापित गर्ने दाबी गरेका छन् ।
‘अब यो संसद्को चुनाव हामीसँग २०/२१ दिन बाँकी छ, यो २०/२१ दिनमा हामी बढीभन्दा बढी सिट जित्छौँ र आगामी सरकारका हामी सरकारको नेतृत्व गर्छौँ भन्ने हामीलाई विश्वास छ ।’, उनले भने ।
घिसिङले पार्टी अब निरन्तर रूपमा संगठन विस्तारमा केन्द्रित हुने पनि बताए । साथै करिब १५/१६ महिनापछि हुने प्रदेश र स्थानीय तह निर्वाचनमा उज्यालो नेपाललाई देशको पहिलो पार्टी बनाउने लक्ष्य रहेको उनको भनाइ थियो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्