Skip to content
LAXMI SUNRISE BANK

एमालेको घोषणापत्रः रेमिट्यान्स पठाउनेलाई वार्षिक ५ हजार दिने, विद्यार्थीलाई २० लाखसम्म बिना ब्याज ऋण !

अर्थ सरोकार

काठमाडौँ । नेकपा एमालेले वैदेशिक रोजगारीमा रहेका नेपालीलाई प्रतिव्यक्ति ५ हजार रुपैयाँ दिने घोषणा गरेको छ । बिहीबार निर्वाचनका लागि घोषणा पत्र सार्वजनिक गर्दै एमालेले यस्तो घोषणा गरेको हो ।

घोषणा पत्रमार्फत एमालेले वैदेशिक रोजगारी र सामाजिक सुरक्षामार्फत वैदेशिक रोजगारीमा रहेका श्रमिकको बैंक खातामा वार्षिक ५ हजार रुपैयाँ थप गर्ने घोषणा गरेको छ । एमालेले वैदेशिक रोजगारीमा जाने सबै श्रमिकलाई योगदानमा आधारित सामाजिक सुरक्षा प्रणालीमा निरन्तरता दिने प्रबन्ध गर्ने पनि घोषणा गरेको छ ।

त्यस्तै, एमालेले शिक्षा तथा विद्यार्थीका लागि एमालेले प्राविधिक धारमा उच्च शिक्षा अध्ययन गर्न चाहने विद्यार्थीलाई २० लाख रुपैयाँसम्म निर्ब्याजी ऋण उपलब्ध गराउने पनि घोषणा गरेको छ ।

अर्कोतर्फ सरकारी सेवा, निजी क्षेत्र तथा अध्यापन क्षेत्रमा न्यूनतम पारिश्रमिकसहितको इन्टर्नसिप को व्यवस्था गर्ने, सबै विद्यालयका किशोरीहरूलाई निःशुल्क प्याड सहजरूपमा उपलब्ध गराउने, कक्षा १० सम्मका विद्यार्थीलाई दिवा खाजाको प्रबन्ध गर्ने पनि एमालेको घोषणापत्रमा उल्लेख गरिएको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK