Skip to content
LAXMI SUNRISE BANK

अप्पर लोहोरे खोला हाइड्रोपावरले हकप्रद सेयर जारी गर्ने, बिक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल

अर्थ सरोकार

काठमाडौँ । अप्पर लोहोरे खोला हाइड्रोपावर कम्पनी लिमिटेडले हकप्रद सेयर जारी गर्ने भएको छ । कम्पनीले एक सय रुपैयाँ अंकित मूल्यमा ५० लाख ९८ हजार ४० कित्ता सेयरले हुन आउने ५० करोड ९५ लाख ४ हजार रुपैयाँको १:१.५ बराबर अर्थात् ७६ लाख ४७ हजार ६० कित्ता हकप्रद सेयर निष्काशन गर्न लागेको हो ।

कम्पनीले उक्त सेयर निष्काशन गर्नका लागि कम्पनीले एनआईसी एशिया क्यापिटल लिमिटेडलाई निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । बिक्री प्रबन्धक नियुक्ति सम्बन्धि सम्झौता पत्रमा अप्पर लोहोरे खोला हाइड्रोपावर कम्पनीको तर्फबाट अख्तियार प्राप्त प्रमुख कार्यकारी अधिकृत सदिच्छा कार्की र निष्काशन तथा बिक्री प्रबन्धकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत रामेन्द्र रायमाझीले हस्ताक्षर गरेका छन् ।

एनआईसी एशिया क्यापिटलले निष्काशन तथा बिक्री प्रबन्ध सेवा अन्तर्गत हालसम्म सामूहिक लगानी कोष तथा डिबेन्चर सहित २० वटा कम्पनीको धितोपत्र निष्काशन र ४ वटा कम्पनीको हकप्रद सेयर निष्काशन कार्य सम्पन्न गरेको छ । उक्त निष्काशन तथा बिक्री प्रबन्धक सेवा मार्फत हाल सम्म रु.१९ अर्व ३४ करोड भन्दा बढी रकम समेत संकलन गरिदिन सफल भएको कम्पनीले जनाएको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK