Skip to content
LAXMI SUNRISE BANK

मतदानको दिन सवारीसाधन सञ्चालनमा रोक, हवाई उडान भने नरोकिने !

अर्थ सरोकार

काठमाडौँ । फागुन २१ गते सबै सवारी साधन सञ्चालनमा प्रतिबन्ध लगाइए पनि हवाई उडान भने नियमित रुपमा सञ्चालन हुने भएका छन् । निर्वाचन आयोगले गृह मन्त्रालयलाई पत्र लेख्दै हवाई उडान नियमित सञ्चालन गर्ने वातावरण बनाउन भनेको हो ।

योसँगै फागुन २१ गते (मतदानको दिन) आन्तरिक तथा बाह्य दुवै हवाई उडान यथावत रुपमा सञ्चालन हुने भएका छन् । 

तर, सो दिन हवाई उडान प्रयोग गर्ने यात्रुहरुले विमानस्थलदेखि घर जाँदा वा घरबाट विमानस्थल जाँदा निजी तथा सम्बन्धित एयरलाइन्सले व्यवस्था गरिदिएको सवारिसाधन प्रयोग गर्नुपर्नेछ । 

यात्रा गर्दा सम्बन्धित एयरलाइन्सको टिकट अनिवार्य रुपमा साथमा बोक्नुपर्नेछ । विगतमा निर्वाचनको दिन आन्तरिक उडान बन्द गरिँदै आएको थियो ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK