काठमाडौँ । वैदेशिक रोजगारीका लागि अमेरिका पठाउने भन्दै रकम ठगी गर्ने महिला पक्राउ परेकी छिन् । अमेरिका पठाइदिने लोभ देखाएर लाखौँ रुपैयाँ ठगी गर्ने ३७ वर्षीया किरण कुमारी चौधरी पक्राउ परेकी हुन् ।
अमेरिका पठाउने भन्दै एक जनाबाट १० लाख ८० हजार रुपैयाँ ठगी गरेको उजुरीपछि चौधरीलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार चौधरीवरुद्ध परेको उजुरीका आधारमा वैदेशिक रोजगार न्यायाधिकरणले पक्राउ आदेश जारी गरेको थियो । सोही आदेश अनुसार चौधरीलाई माघ १२ गते रौतहटको जुडिबेलाबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
अमेरिका लगायतका देशमा रोजगारीका लागि पठाइदिने भन्दै भएको ठगीमा चौधरीसहित ठूलो गिरोह सक्रिय रहेको प्रहरीको अनुमान छ । हाल प्रहरीले सोही अनुसार अनुसन्धान अघि बढेको बताएको छ ।
यता चौधरीबाट ठगीमा परेकी एक पीडित अर्थ सरोकारको सम्पर्कमा आएकी छिन् । अमेरिका पठाउने भन्दै प्रलोभनमा पारेपछि चौधरीकै नाममा कुमारी बैंक रौतहट शाखामा रहेको बैंक खातामा पटक पटक गरी १० लाख ८० हजार रुपैयाँ पठाएको पीडितको दाबी छ ।
पक्राउ परेकी चौधरीलाई थप अनुसन्धान तथा आवश्यक कारवाहीका लागि वैदेशिक रोजगार विभाग पठाइएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्