काठमाडौँ । निर्वाचनको समयमा ६ दिन सार्वजनिक युवाहरुले माग गरेका छन् । फागुन २१ गते हुने निर्वाचनलाई मध्यनजर गर्दै बझाङको साइपाल गाउँपालिकाका युवाहरुले ६ दिन (१८ गतेदेखि २३ गतेसम्म) सार्वजनिक बिदा दिन माग गरेका हुन् ।
साइपालका युवाहरुले निर्वाचनलाई ध्यानमा राख्दै ६ दिन सार्वजनिक बिदा दिनुपर्ने मागसहित इमेलमार्फत प्रधानमन्त्री सुशीला कार्कीलाई ज्ञापनपत्र पठाएका छन् ।
मतदानको दिन (फागुन २१) गते नागरिकको आवाज मतपत्रमार्फत बोल्ने दिन भएको भन्दै युवाहरुले मतदानमा सहभागिता बढाउनका लागि निर्वाचनको समयमा ६ दिन सार्वजनिक बिदा दिन माग गरेका छन् ।
युवाहरुले इमेलमार्फत प्रधानमन्त्रीलाई पठाएको ज्ञापनपत्रमा १८ गते पहाडी होली र १९ गते तराई होली परेकाले दुवै दिन सार्वजनिक बिदा रहेकोले २० गते निर्वाचनको अघिल्लो दिन भएकाले बिदा दिनुपर्ने युवाहरुको माग छ । यसो त २१ गते निर्वाचनको दिन सार्वजनिक बिदा नै हुन्छ । अर्को दिन अर्थात फागुन २२ गते (शुक्रबार) गन्तव्यमा फर्किन सार्वजनिक बिदा दिन माग गरिएको छ । २३ गते शनिबार पर्छ ।
यसरी निर्वाचनको समयमा अन्य दिन सार्वजनिक बिदा परेकोले फागुन २० र २२ गते सरकारले निर्णय गरेर बिदा दिनुपर्ने युवाहरुले माग गरेका छन् । यसो हुँदा निर्वाचनमा मतदाता सहभागिता उल्लेख्य हुने विश्वास गरिएको छ । उनीहरुले विदेशमा रहेका नेपालीले मतदान गर्न नपाए पनि देशभित्रै रहेका नेपालीलाई मतदान गर्ने वातावरण बनाउन आग्रह गरेका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्