Skip to content
LAXMI SUNRISE BANK

नेकपाका ५० प्रतिशत नेताको भोट घण्टीमा, प्रचण्ड भन्छन्- ‘आँखा चिम्लेर कारवाही गर्छौं’

अर्थ सरोकार

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल (प्रचण्ड) ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को घण्टी चुनाव चिन्हमा भोट हाल्ने नेतालाई कारवाही गर्ने बताएका छन् । 

पार्टीको केन्द्रीय कार्यालय पेरिसडाँडामा अखिल नेपाल ट्रेड युनियनले आयोजना गरेको कार्यक्रममा बोल्दै प्रचण्डले फागुन २१ गते चुनावमा घण्टीमा भोट हाल्ने नेताहरुलाई कारवाही गर्ने बताएका छन् ।

यसपालीको निर्वाचनमा नेकपाका ५० प्रतिशत नेताले घण्टीमा भोट हालेको प्रारम्भिक रिपोर्ट पाएको प्रचण्डको भनाई छ । उनले त्यसबारे ठोस् विवरण ल्याउन पनि निर्देशन दिएका छन् । 

पार्टीकै जिम्मेवार नेताले घण्टीमा भोट हालेकै कारण नमिठो हार ब्यहोर्नुपरेको भन्दै प्रचण्डले अब त्यस्तो गर्नेलाई कारवाही गरेर पार्टीलाई थप बलियो बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK