Skip to content
LAXMI SUNRISE BANK

गगनलाई जितेपछि अमरेशलाई बडेमानको माला, ‘मन्त्री बन्ने पक्का’ भन्दै कार्यकर्ता उत्साहित

अर्थ सरोकार

काठमाडौँ । सर्लाही-४ मा नेपाली काँग्रेसका सभापति गगन थापालाई हराएपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का अमरेश कुमार सिंहलाई कार्यकर्ताले बडेमानको माला लगाएर बधाई दिएका छन् । 

अमरेश सिंह सर्लाही-४ मा ३५ हजार ६ सय ८८ मतसहित विजयी हुँदा काँग्रेस सभापति थापा २२ हजार ८ सय ३१ मतसहित दोस्रो भएका छन् । 

सिंहको सानदार जितसँगै अब बन्ने बालेन सरकारमा मन्त्री बन्ने पक्का भन्दै कार्यकर्ताहरु उत्साहित भएका छन् । उनीहरुले सिंहलाई बडेमानको माला लगाइदिएर बधाई दिँदै जितको उत्सव मनाएका छन् ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK