Skip to content
LAXMI SUNRISE BANK

लज्जास्पद हारपछि गगन र केपीलाई पार्टीको नेतृत्व छाड्न नैतिक दबाब !

अर्थ सरोकार

काठमाडौँ । एमालेका अध्यक्ष केपी शर्मा ओली र काँग्रेस सभापति गगन थापाको लज्जास्पद हार भएको छ । प्रतिनिधि सभा सदस्यको निर्वाचनमा ओलीको झापा-५ र थापाको सर्लाही-४ मा लज्जास्पद हार भएको हो । 

यी दुवै ठाउँमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले जित निकालेको छ । 

झापा-५ बाट रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)सर्लाही-४ बाट अमरेशकुमार सिंह विजयी भएका छन् । बालेन र सिंहले प्रतिद्वन्दीलाई भारी मतले हराएका हुन् ।

लज्जास्पद हारपछि अहिले एमाले अध्यक्ष ओली र काँग्रेस सभापति गगन थापालाई पार्टीको नेतृत्व छाड्न नैतिक दबाब परेको छ । जेन-जी आन्दोलनपछि पार्टी सुधार्ने नाममा पार्टी सिध्याएको आरोप लागेपछि उनीहरु दुवैजनामाथि नेतृत्व छोड्नुपर्ने नैतिक दबाब परेको हो ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK