काठमाडौँ । बुधबार खोटाङमा एयर डाइनेष्टीको हेलिकप्टर दुर्घटना भएको छ । खोटाङको केपीलासगढी गाउँपालिका-२ मा हेलिकप्टर दुर्घटना भएको हो ।
दुर्घटनामा परेको एयर डाइनेष्टीको हेलिकप्टर काठमाडौँबाट शव लिएर गएको जिल्ला प्रशासन कार्यालय खोटाङका प्रमुख जिल्ला अधिकारी रेखा कँडेलले जानकारी दिएकी छिन् ।
प्रजिअ कँडेलका अनुसार काठमाडौँबाट चार्टर्ड गरी ६ जना यात्रुसहित गएको हेलिकप्टर ल्याण्ड गर्ने क्रममा दुर्घटना भएको हो । दुर्घटना हुँदा हेलिकप्टरमा ठूलो क्षति भएको छ । तर, मानवीय क्षति भने नभएको कँडेलले बताएकी छिन् ।
यसअघि शव लिएर गएको भनी हल्ला चले पनि उक्त हेलिकप्टर शव लिएर आएको नभएर ६ जना यात्रु लिएर आएको कँडेलको भनाई छ ।
दुर्घटनामा ५० वर्षीय काजी बहादुर राईको खुट्टामा चोट लागेको छ । हाल दुर्घटना स्थलमा प्रहरी पुगिसकेको छ । घटनाबारे थप विवरण आउन बाँकी छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्