Skip to content
LAXMI SUNRISE BANK

देशले नयाँ प्रधानमन्त्री पाउँदै, बालेनको सपथ शुक्रबार १२:३४ बजे

अर्थ सरोकार

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)ले चैत १३ गते शुक्रबार पद तथा गोपनियताको सपथ लिने भएका छन् । बालेनले प्रधानमन्त्रीका रुपमा सो दिन सपथ लिने भएका हुन् । उनको सपथसँगै देशले नयाँ प्रधानमन्त्री पाउनेछ ।

शपथ ग्रहण मध्याह्न १२ बजेर ३४ मिनेटमा गर्ने तय भएको छ । उक्त शपथ ग्रहण समारोहमा ७ वटा शंखबाट शखनाथ हुने, १०८ जना बटुकबाट स्वस्ती शान्ति वाचन गर्ने र १६ जना बौद्ध भिक्षुबाट अष्ठमंगल पाठ गरिने तालिका रहेको छ ।

त्यस्तै, उनले दिउँसो सवा २ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पदभार ग्रहण गर्ने बुझिएको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK