Skip to content
LAXMI SUNRISE BANK

बालेनले जिते ‘आ..ची’ खान्छु भनेका रविरत्न चुडाल पक्राउ !

अर्थ सरोकार

काठमाडौँ । रविरत्न चुडाल पक्राउ परेका छन् । सामाजिक सञ्जालमार्फत झापाबासीलाई तथानाम गाली गरेको भन्दै चुडाललाई प्रहरीले पक्राउ गरेको हो । 

चुडालविरुद्ध आएको गुनासो र उजुरीका आधारमा उनलाई काठमाडौँबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । 

प्रहरीका अनुसार उनीविरुद्ध साइबर अपराधमा उजुरी परेको छ । उनले झापा-५ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) विजयी भएपछि झापाबासीलाई लक्षित गर्दै गाली गरेका थिए । 

सामाजिक सञ्जालमा आफ्नो विचार वा धारण राख्न पाइए पनि सामाजिक सद्भाव भड्काउने गरी तथानाम गाली गर्न नमिल्ने भन्दै उजुरी परेपछि उनलाई गाली गलौज गरेको आरोपमा विद्युतीय कारोबार ऐन अनुसार पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

 

Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK