Skip to content
LAXMI SUNRISE BANK

अध्यागमनको कालोसूचीमा परे व्यवसायी दीपक भट्ट

अर्थ सरोकार

काठमाडौँ । व्यवसायी दीपक भट्ट कालोसूची परेका छन् । सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा तानिएका भट्ट अध्यागमन विभागको कालोसूचीमा परेका हुन् ।

सम्पत्ति सुद्धीकरण अनुसन्धान विभागले सोमबार अध्यागमन विभागलाई पत्र पठाएर उनको पासपोर्ट रोक्का गर्न भनेको छ ।  योसँगै उनी विदेश जान पाउँदैनन् र विदेशमा भए नेपाल आउँदा पक्राउ पर्न सक्छन् ।

भट्ट माथि विभिन्न ठूला ठेक्का र खरिदमा चलखेल गर्ने गरेको आरोप छ । उनले राजनीतिक पहुँचको आडमा राज्यका विभिन्न निकायमा नियुक्ती तथा ठेक्काको सेटिङ मिलाउँदै स्वार्थअनुरुपका काम गर्ने र गराउने गरेको पनि आरोप लाग्दै आएको छ ।

हाल भने भट्ट सम्पर्क विहीन छन् र कुनै पनि बेला पक्राउ पर्न सक्छन् ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK