Skip to content
LAXMI SUNRISE BANK

नवनियुक्त प्रधानमन्त्री शाहको पुर्ख्यौली गाउँमा उत्सव

अर्थ सरोकार

काठमाडौँ । नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को पुख्र्यौली गाउँमा आज उत्सव मनाइएको छ । महोत्तरीको एकडारा गाउँपालिका–१ स्थित पुख्र्यौली गाउँ एकडारामा गाउँवासीले उत्सव मनाइएको हो ।

एकडारा गाउँपालिकाका अध्यक्ष दीपनारायण मण्डलले शाह देशकै प्रमुख कार्यकारी पद (प्रधानमन्त्री) मा नियुक्त हुँदा जिल्लामै खुसीयाली मनाइएको बताए । ‘एकडारा–१ मात्र होइन् जिल्लावासीले नै खुसियाली साटासाट गर्दै उत्सव मनाइरहेका छन्’,  उनले भने ।

राष्ट्रपति रामचन्द्र पौडेलले शाहलाई आज प्रधानमन्त्रीमा नियुक्त गरेसँगै एकडारावासी एकापसमा रङ, अबिर दलेर, फूलमाला लगाएर, एकापसमा अँगालो मारेर र शुभकामना तथा बधाई आदानप्रदान गरिरहेका एकडारा–१ का वडाध्यक्ष मनोज मण्डलले बताए ।

वडाध्यक्ष मण्डलका अनुसार एकडाराको नाम इतिहासमा दर्ज भएको भन्दै पुख्र्यौली गाउँमा उत्सव मनाइएको छ । ‘आज एकडारावासी घरघरमा मीठो पकवान पकाएर खाने, खुवाउने गर्दैछन्, एकडारा गाउँभरि र बटुवालाई विभिन्न लड्डु, पेडा तथा मिठाइ बाँड्ने काम भइरहेको छ’, उनले भने ।

प्रधानमन्त्री शाहको घर एकडारा–१ मा पर्छ । उक्त घरमा हाल एकडारा गाउँपालिकाको कार्यालय सञ्चालनमा छ । आज साँझ एकडाराको घरघरमा दीपावली मनाउने कार्यक्रम रहेको गाउँपालिकाका अध्यक्ष मण्डलले बताए ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK