काठमाडौँ । जनमत पार्टीका अध्यक्ष सिके राउतले कहिल्यै सांसद नबन्ने घोषणा गरेका छन् । सामाजिक सञ्जालमार्फत कहिल्यै सांसद नबन्ने घोषणा गर्दै राउतले संसदीय राजनीतिबाटै सन्यास लिएको घोषणा गरेका छन् ।
संसदीय राजनीतिबाट सन्यास लिए पनि संघर्षको राजनीति जारी राख्ने राउतले बताउका छन् ।
‘…म संसदीय (पदको) राजनीतिबाट टाढा रहनेछु तर यसको मतलब राजनीतिबाट बीचमै गायब भएको होइन ।’, उनले लेखेका छन्, ‘राजनीतिमा सक्रिय रहँदै, आफ्नो सिद्धान्त र एजेण्डालाई निरन्तर अगाडि बढाउँदै, जनताको लागि निरन्तर संघर्ष गर्दै जनताको सेवामा रहने नै छु ।’
२०७९ को प्रतिनिधि सभा सदस्यको निर्वाचनबाट राउत निर्वाचित भएसँगै जनमत पार्टी राष्ट्रिय दल बनेको थियो । यसपटकको निर्वाचनमा सप्तरी-२ बाट उम्मेदवारी दिएका राउत रास्वपाका रामजी यादवसँग पराजित भएका थिए । उनले अब आफू राजनीतिबाट टाढा रहे पनि पार्टीलाई अर्को निर्वाचनका लागि तयार गर्ने पनि बताएका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्