Skip to content
LAXMI SUNRISE BANK

राजेश हमाललाई ल्याएर फिल्म बनाउने भन्दै १२ लाख भ्रष्टाचार, गाउँपालिका अध्यक्षसहित ४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर !

अर्थ सरोकार

काठमाडौँ । राजेश हमाललाई ल्याएर फिल्म बनाउने भन्दै भ्रष्टाचार गरेको आरोपमा ४ जनाविरुद्ध मुद्दा दायर गरिएको छ । अछामको ढकारी गाउँपालिकाका अध्यक्ष प्रकाशबहादुर साउद, निमित्त प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण साह र लेखापाल विमल साउदविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरिएको हो । 

त्यस्तै, अख्तियारले आरजे २४ न्युज एवम् इन्द्रेणी फाउन्डेसनका अध्यक्ष रामजी लम्साल (रामबहादुर लम्साल) विरुद्ध पनि भ्रष्टाचार मुद्दा दायर गरेको छ । 

उनीहरुले अभिनेता राजेश हमाललाई ल्याएर फिल्म बनाउने भन्दै १२ लाख ७७ हजार २ सय ५० रुपैयाँ भ्रष्टाचार गरेको अख्तियारको दाबी छ । अख्तियारका अनुसार उनीहरुले हमालको नाम जोडेर फिल्म बनाउने भन्दै गाउँपालिका अध्यक्षको व्यक्तिगत निर्देशनमा १५ लाख रुपैयाँ बजेट विनियोजन समेत गरेको फेला परेको छ । 

तर, विनियोजन भएको रकममध्ये १२ लाख ७७ हजार २ सय ५० रुपैयाँ भुक्तानी भएको अख्तियार स्रोतले बताएको छ । 

यसरी अभिनेता हमालको नाममा भ्रष्टाचार गरेको फेला पारेपछि अख्तियारले ४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो । उनीहरुविरुद्ध १२ लाख ७७ हजार २ सय ५० रुपैयाँ बिगो कायम गरिएको छ भने कैद तथा जरिवानाको सजायको पनि माग गरिएको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK