काठमाडौँ । प्रमाण नष्ट हुन सक्ने भन्दै शेरबहादुर देउवाको जलेको घर भत्काउन रोक लगाइएको छ। पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको बुढानीलकण्ठस्थित भवन भत्काउन स्थानीय प्रशासनले रोक लगाएको हो ।
भदौमा जेनजी प्रदर्शनमा आगजनी भएको देउवाको घर भत्काएर त्यहाँ नयाँ संरचना बनाउन खोजिँदै गरेको पाइएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौँले घर भत्काउन रोक लगाएको हो।
हाल प्रहरीले घर भत्काउन रोक लगाएर सो क्षेत्रमा काम गर्ने कामदार हटाएको छ ।
देउवाको सचिवालयले प्रदर्शनमा निवासमा भएको आक्रमणपछि सामाजिक सञ्जालमार्फत ‘देउवा निवासमा अत्यधिक पैसा भेटिएको, जलेका नोटका अंशहरू परिसरमा जताततै भेटिएको, पैसाको सुरुङ रहेको’ जस्ता समाचार प्रवाह हुनु आपराधिक घटनालाई राजनीतिकरण गर्ने नियत रहेको दाबी गरेको थियो।
यतीसम्मकी सचिवालयले विशेष गरी निवासभित्र रहेको अन्डर ग्राउन्ड ट्याङ्कीलाई पैसाको सुरुङ भनेर अफवाह फैलाइएकोप्रति आपत्ति जनाउँदै त्यसलाई सामान्य पानी ट्याङ्की भएको दाबी गरेको थियो।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्