काठमाडौँ । नेपाली काँग्रेसका पूर्व सभापति शेर बहादुर देउवा हङकङ पुगेका छन् । उपचारका लागि सिंगापुर पुगेका देउवा थप उपचारका लागि हङकङ पुगेका हुन् ।
उनी थप स्वास्थ्य उपचार र पारिवारिक कामकै शिलशिलामा हङकङ पुगेको देउवाको सचिवालयले जनाएको छ ।
भदौ २३ र २४ गतेको जेन-जी आन्दोलनका क्रममा कुटपिटपछि घाइते भएका देउवा नेपालको उपचार पछि थप उपचारका लागि भन्दै फागुन १४ गते सिंगापुर पुगेका थिए । हाल उनै देउवा सिंगापुरबाट हङकङ पुगेका छन् ।
देउवा हङकङमा थप केही साता बस्ने बताइएको छ । थप उपचार र पारिवारिक कार्यक्रम सकेर नेपाल फर्किने देउवाको सचिवालयले जनाएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्