काठमाडौँ । मुलुक निर्वाचनमय हुँदा नेपाल उद्योग वाणिज्य महासंघमा पनि चुनावी माहोल तातेको छ । आगामी चैत २८ र २९ गते हुने महासंघको ६०औँ वार्षिक साधारण सभाले महासंघको नयाँ नेतृत्व चयन गर्ने भएसँगै उद्योग वाणिज्य महासंघमा पनि चुनावी माहोल तातेको हो ।
यसो त उद्योग वाणिज्य महासंघमा वरिष्ठ उपाध्यक्ष नै अध्यक्ष हुने व्यवस्था छ । अर्थात, महासंघको आगामी कार्यकालका लागि अञ्जन श्रेष्ठ अध्यक्ष बन्नेछन् ।
तर, महासंघको वरिष्ठ उपाध्यक्ष पदका लागि भने प्रतिस्पर्धा हुनेछ । वरिष्ठ उपाध्यक्ष नै भावी अध्यक्ष हुने भएकाले व्यवसायीहरुले अहिलेदेखि नै वरिष्ठ उपाध्यक्ष पदका लागि कसरत सुरु गरिसकेका छन् । यसपाली महासंघको वरिष्ठ उपाध्यक्षका लागि रामचन्द्र संघाई र हेमराज ढकाल भिड्ने पक्का छ ।
हाल दुवै जनाले महासंघको वरिष्ठ उपाध्यमा दाबी गरेका छन् । ढकालले प्यानलसहित उम्मेदवारी घोषणा गरिसकेका छन् भने सांघाई प्यानल घोषणाको तयारीमा छन् ।
ढकाललाई महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल, पूर्व अध्यक्षहरु पशुपति मुरारका, प्रदीपकुमार श्रेष्ठ, चण्डीराज ढकाल र रविभक्त श्रेष्ठले समर्थन गरेका छन् । यता महासंघका उपाध्यक्ष सुरकृष्ण वैद्यले पनि वरिष्ठ उपाध्यक्षमा आफ्नो दाबी रहेको बताएका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्