Skip to content
LAXMI SUNRISE BANK

दुर्गा प्रसाईं फेरि पक्राउ

अर्थ सरोकार

काठमाडौँ । दुर्गा प्रसाईं फेरि पक्राउ परेका छन् । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महा अभियानका संयोजक समेत रहेका प्रसाईंलाई प्रहरीले आइतबार बिहान पक्राउ गरेको हो ।

प्रसाईंलाई जिल्ला प्रहरी परिसर भक्तपुरले उनकै निवासबाट पक्राउ गरेको बताइएको छ ।

प्रहरी स्रोतका अनुसार प्रसाईंलाई ‘सार्वजनिक शान्तिविरुद्धको मुद्दाको अनुसन्धानका लागि’ पक्राउ गरिएको हो । यसअघि पक्राउ परेका प्रसाईं फागुन १३ गते मात्र रिहा भएका थिए ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK