Skip to content
LAXMI SUNRISE BANK

जेन-जीहरुलाई गुण्डा देख्ने महेश बस्नेतलाई गुण्डुबासीले पनि पत्याएनन्, सर्वनाक हार !

अर्थ सरोकार

काठमाडौँ । भक्तपुर-२ बाट एमालेका महेश बस्नेतले सर्वनाक हार ब्यहोरेका छन् । बस्नेतलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का राजिव खत्रीले भारी मतान्तरले हराएका हुन् । 

यसो त बस्नेतले उनकै गृह क्षेत्र गुण्डुबाट साह्रै कम मत पाएका छन् । गुण्डुलाई आफ्नो किल्ला दाबी गर्ने बस्नेले आफ्नै क्षेत्रबाट भोट नपाएपछि उनले निर्वाचनमै सर्वनाक हार ब्यहोर्नुपरेको विश्लेषण गरिएको छ । 

बस्नेत तिनै एमाले नेता हुन्, जसले जेन-जी आन्दोलनपछि सबैभन्दा धेरै जेन-जीलाई गाली गर्थे । यतिसम्म की उनले जेन-जीलाई गुण्डा र आतंककारीसम्म भन्न भ्याएका थिए । 

तर, जेन-जीलाई गुण्डा देख्ने बस्नेलाई गुण्डुबासीले नै नपत्याएपछि निर्वाचनमा बस्नेतले आफ्नै किल्लाबाट सर्वनाक हार ब्यहोर्नुपरेको हो । हारसँगै बस्नेतको गृहमन्त्री बन्ने सपना पनि चकनाचुर भएको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK