Skip to content
LAXMI SUNRISE BANK

वर्षमानबाहेक अरु सबै पूर्वअर्थमन्त्रीले चुनाव हारे !

अर्थ सरोकार

काठमाडौँ । प्रतिनिधि सभा सदस्यको निर्वाचनमा होमिएका ५ पूर्वअर्थमन्त्रीमध्ये वर्षमान बाहेक सबैजना हार्ने निश्चित देखिएको छ । रोल्पा-१ बाट चुनाव लडेका वर्षमान पुन विजयी हुने पक्का देखिँदा अन्य पूर्वअर्थमन्त्रीहरु भने हार्ने पक्का देखिएको छ । 

वर्षमानसँगै यसपालीको चुनावमा पूर्वअर्थमन्त्री विष्णु पौडेल, जनार्दन शर्मा, ज्ञानेन्द्र बहादुर कार्की र प्रकाशशरण महत पनि प्रतिस्पर्धामा छन् । 

जसमध्ये एमालेका विष्णु पौडेलले चुनाव हारिसकेका छन् । उनलाई रुपन्देही-२ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सुलभ खरेलले ४३ हजार ६ सय ८९ मतले हराएका हुन् ।

यता प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) बाट चुनाव लडेका जनार्दन शर्मा पनि हार्ने निश्चित देखिएको छ भने नेपाली काँग्रेसका ज्ञानेन्द्र बहादुर कार्की पनि हार्ने पक्कापक्की भएको छ । नुवाकोट-१ बाट चुनाव लडेका महत पनि लगभग चुनाव हार्ने देखिएको छ । यद्यपि महत भने प्रतिस्पर्धामै छन् । 

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK