Skip to content
LAXMI SUNRISE BANK

चैत महिनाको आर्थिक राशिफल (भिडियोसहित)

मंजिला पाण्डे

मेष राशि

मेष राशि भएका ७५  प्रतिशत व्यक्तिहरूका लागि चैत महिना समग्रमा राम्रो देखिन्छ भने २५ प्रतिशत व्यक्तिहरूलाई नराम्रो देखिन्छ। यो महिनामा कुनै नयाँ कामको थालनी गर्दै हुनुहुन्छ भने २ , ९ , ११ , १३ र २०  गते गर्नुहोला, राम्रो हुने देखिन्छ। सेयर बजारमा लगानी गर्ने सोच्दै हुनुहुन्छ भने सोमबार र मंगलबार गर्नुहोला, नाफा कमाउने योग देखिएको छ। यो राशि हुनेहरूका लागि चैत ५ र २६ गते अति अशुभ भएकाले विशेष ध्यान दिनु पर्ने देखिन्छ।

यो महिनामा मेष राशि हुनेहरूलाई सेतो रंग शुभ देखिन्छ भने पहेलों रंग अशुभ देखिन्छ। मेष राशि भएका व्यक्तिहरूलाई चैत महिनामा ३ , ६ र ८  अंक शुभ देखिन्छ भने १ , ५  र ७  अंक भने नराम्रो देखिन्छ। चैत महिनामा बैंकिङ वा पैसासम्बन्धी काम सामान्यतया राम्रो देखिन्छ, तर सबैका लागि एकैजस्तो भने नहुन सक्छ। विचार पुराउनु होला। यो महिनामा घर बनाउने योग देखिएको छ।

वृष राशि

वृष राशि भएका ९५ प्रतिशत व्यक्तिहरूका लागि चैत महिना समग्रमा राम्रो देखिन्छ भने ५ प्रतिशत व्यक्तिहरूलाई नराम्रो देखिन्छ। यो महिनामा कुनै नयाँ कामको थालनी गर्दै हुनुहुन्छ भने ४ , ११ , १३ , १५  २० र २२  गते गर्नुहोला, राम्रो हुने देखिन्छ। सेयर बजारमा लगानी गर्ने सोच्दै हुनुहुन्छ भने बुधबार गर्नुहोला, नाफा कमाउने योग देखिएको छ। यो महिनामा वृष राशि हुनेहरूलाई हरियो र सेतो रंग शुभ देखिन्छ भने रातो रंग अशुभ देखिन्छ।

वृष राशि भएका व्यक्तिहरूलाई चैत महिनामा १, ४ र ६  अंक शुभ देखिन्छ भने २, ८ र ९ अंक भने नराम्रो देखिन्छ। चैत महिनामा बैंकिङ तथा आर्थिक कामहरू राम्रो हुने सम्भावना देखिन्छ भने ५ प्रतिशतले केही सावधानी अपनाउनु पर्ने देखिन्छ। नयाँ बैंकिङ वा आर्थिक काम सुरु हुने योग छ। सुनमा लगानी गर्नुपर्ने देखिन्छ।

मिथुन राशि

मिथुन राशि भएका ७० प्रतिशत व्यक्तिहरूका लागि चैत महिना समग्रमा राम्रो देखिन्छ भने ३० प्रतिशत व्यक्तिहरूलाई नराम्रो देखिन्छ। यो महिनामा कुनै नयाँ कामको थालनी गर्दै हुनुहुन्छ भने ६ , १३ , १५ , १६, २३ र २७ गते गर्नुहोला, राम्रो हुने देखिन्छ। सेयर बजारमा लगानी गर्ने सोच्दै हुनुहुन्छ आइतबार गर्नुहोला।

यो राशि हुनेहरूका लागि चैत १९ र २८  गते अति अशुभ भएकाले विशेष ध्यान दिनुपर्ने देखिन्छ। यो महिनामा मिथुन राशि हुनेहरूलाई रातो रंग सुभ देखिन्छ भने कालो रंग अशुभ देखिन्छ। मिथुन राशि भएका व्यक्तिहरूलाई चैत महिनामा १, ६  र ९  अंक शुभ देखिन्छ भने ४, ५ र ७ अंक भने नराम्रो देखिन्छ।

कर्कट राशि

कर्कट राशि भएका ७५ प्रतिशत व्यक्तिहरूका लागि चैत महिना समग्रमा राम्रो देखिन्छ भने २५ प्रतिशत व्यक्तिहरूलाई नराम्रो देखिन्छ। यो महिनामा कुनै नयाँ कामको थालनी गर्दै हुनुहुन्छ भने २ ,  ९ , १६ ,  १८ , २५ र २७ गतेसम्म  गर्न सक्नुहुनेछ। सेयर बजारमा लगानी गर्ने सोच्दै हुनुहुन्छ भने सोमबार गर्नुहोला, नाफा कमाउने योग देखिएको छ। यो महिनामा सेयर बजारमा बिहीबार भने लगानी नगर्नुहोला घाटा व्यहोर्नुपर्ने देखिन्छ।

यो राशि हुनेहरूका लागि चैत ५ र १२ गते अति अशुभ भएकाले विशेष ध्यान दिनुपर्ने देखिन्छ। यो महिनामा कर्कट राशि हुनेहरूलाई सेतो रंग सुभ देखिन्छ भने पहेंलो रंग अशुभ देखिन्छ। कर्कट राशि भएका व्यक्तिहरूलाई चैत महिनामा २, ४  र ६  अंक शुभ देखिन्छ भने ३, ५  र ७ अंक भने नराम्रो देखिन्छ।

सिंह राशि

सिंह राशि भएका ७० प्रतिशत व्यक्तिहरूका लागि चैत महिना समग्रमा राम्रो देखिन्छ भने ३० प्रतिशत व्यक्तिहरूलाई नराम्रो देखिन्छ । यो महिनामा कुनै नयाँ कामको थालनी गर्दै हुनुहुन्छ भने २, १६, १९ र ३० गते गर्न सक्नुहुनेछ। सेयर बजारमा लगानी गर्ने सोच्दै हुनुहुन्छ भने सोमबार गर्नुहोला नाफा कमाउने योग देखिएको छ।

यो राशि हुनेहरूका लागि चैत ७ र १४  गते अति अशुभ भएकाले विशेष ध्यान दिनुपर्ने देखिन्छ। यो महिनामा सिंह राशि हुनेहरूलाई सेतो र पहेंलो रंग सुभ देखिन्छ भने कालो रंग अशुभ देखिन्छ। सिंह राशि भएका व्यक्तिहरूलाई चैत महिनामा २, ५  र ६  अंक शुभ देखिन्छ भने १ , ३  र ४ अंक भने नराम्रो देखिन्छ।

कन्या राशि

कन्या राशि भएका ६५ प्रतिशत व्यक्तिहरूका लागि चैत महिना समग्रमा राम्रो देखिन्छ भने ३५ प्रतिशत व्यक्तिहरूलाई नराम्रो देखिन्छ। यो महिनामा कुनै नयाँ कामको थालनी गर्दै हुनुहुन्छ भने ३ र २४ गते गर्न सक्नुहुनेछ। सेयर बजारमा लगानी गर्ने सोच्दै हुनुहुन्छ भने मंगलबार गर्नुहोला नाफा कमाउने योग देखिएको छ। तर बुधबार भने सेयर बजारमा लगानी नगर्नुहोला। घाटा व्यहोर्नुपर्ने देखिन्छ।

यो राशि हुनेहरूका लागि चैत ११ र  २५ गते अति अशुभ भएकाले विशेष ध्यान दिनुपर्ने देखिन्छ। यो महिनामा कन्या राशि हुनेहरूलाई रातो रंग सुभ देखिन्छ भने हरियो रंग अशुभ देखिन्छ। कन्या राशि भएका व्यक्तिहरूलाई चैत महिनामा २, ३  र ८ अंक शुभ देखिन्छ भने ५, ६  र ७ अंक भने नराम्रो देखिन्छ।

तुला राशि

तुला राशि भएका ८० व्यक्तिहरूका लागि चैत महिना राम्रो देखिन्छ भने २० प्रतिशत व्यक्तिहरूलाई नराम्रो देखिन्छ।  यो महिनामा कुनै नयाँ कामको थालनी गर्दै हुनुहुन्छ भने ५ , ७ , ८ , १४, १५, २१, २२ र २६ गते गर्न सक्नुहुनेछ। यो महिनामा बिहीबार सेयर बजारमा लगानी गर्नुहोला, तर बुधबार भने सेयर बजारमा लगानी नगर्नुहोला घाटा व्यहोर्नुपर्ने देखिन्छ। यो राशि हुनेहरूका लागि चैत ११ र १८ गते अति अशुभ भएकाले विशेष ध्यान दिनुपर्ने देखिन्छ।

यो महिनामा तुला राशि हुनेहरूलाई कालो र पहेंलो रंग सुभ देखिन्छ भने हरियो रंग अशुभ देखिन्छ। तुला राशि भएका व्यक्तिहरूलाई चैत महिनामा १, ५ र ७ अंक शुभ देखिन्छ भने ४ , ६  र ८  अंक भने नराम्रो देखिन्छ। परिवारसँग मिलेर नयाँ काम वा योजना बनाउन सकिने समय देखिन्छ। तर चैत ११ र १८ गते घरमा सानो तनाव वा मतभेद हुन सक्ने भएकाले बोल्दा विचार पुराउनु होला।

वृश्चिक राशि

वृश्चिक राशि भएका ७५ प्रतिशत व्यक्तिहरूका लागि चैत महिना राम्रो देखिन्छ भने २५ प्रतिशत व्यक्तिहरूलाई नराम्रो देखिन्छ। यो महिनामा कुनै नयाँ कामको थालनी गर्दै हुनुहुन्छ भने २ , ९ , १६ , २३ र २७  गते गर्न सक्नुहुनेछ। सेयर बजारमा लगानी गर्ने सोच्दै हुनुहुन्छ भने सोमबार गर्नुहोला नाफा कमाउने योग देखिएको छ। यो महिनामा सेयर बजारमा बिहीबार भने लगानी नगर्नुहोला घाटा व्यहोर्नुपर्ने देखिन्छ।

यो राशि हुनेहरूका लागि चैत १२ गते अति अशुभ भएकाले विशेष ध्यान दिनुपर्ने देखिन्छ। यो महिनामा वृश्चिक राशि हुनेहरूलाई सेतो रंग सुभ देखिन्छ भने पहेलों रंग अशुभ देखिन्छ। वृश्चिक राशि भएका व्यक्तिहरूलाई चैत महिनामा २, ४ र ६ अंक शुभ देखिन्छ भने १, ३ र ५ अंक भने नराम्रो देखिन्छ।

धनु राशि

धनु राशि भएका ८० प्रतिशत व्यक्तिहरूका लागि चैत महिना राम्रो देखिन्छ भने २० प्रतिशत व्यक्तिहरूलाई नराम्रो देखिन्छ। यो महिनामा कुनै नयाँ कामको थालनी गर्दै हुनुहुन्छ भने २ , १२ , १३ , १९ , २६, २७ , र ३०  गते गर्न सक्नुहुनेछ। सेयर बजारमा लगानी गर्ने सोच्दै हुनुहुन्छ भने सोमबार गर्नुहोला नाफा कमाउने योग देखिएको छ। यो महिनामा बुधबार भने कुनै पनि क्षेत्रमा लगानी नगर्नुहोला घाटा व्यहोर्नुपर्ने देखिन्छ। यो राशि हुनेहरूका लागि चैत १४ गते अति अशुभ भएकाले विशेष ध्यान दिनुपर्ने देखिन्छ।

यो महिनामा धनु राशि हुनेहरूलाई सेतो रंग सुभ देखिन्छ भने हरियो रंग अशुभ देखिन्छ। धनु राशि भएका व्यक्तिहरूलाई चैत महिनामा ५ , ६  र ८ अंक शुभ देखिन्छ भने १ , ४  र ९ अंक भने नराम्रो देखिन्छ। काम, व्यवसाय र अध्ययनमा प्रगति हुनेछ । मेहनत र सकारात्मक सोच राखे चैत महिना धनु राशिका लागि राम्रो बित्नेछ।

मकर राशि

मकर राशि भएका ९० प्रतिशत व्यक्तिहरूका लागि चैत महिना राम्रो देखिन्छ भने १० प्रतिशत व्यक्तिहरूलाई नराम्रो देखिन्छ। यो महिनामा कुनै नयाँ कामको थालनी गर्दै हुनुहुन्छ भने ६ , ८ , ९ , १५ , १६ र २३  गते गर्न सक्नुहुनेछ। सेयर बजारमा लगानी गर्ने सोच्दै हुनुहुन्छ भने अध्यन गरेर बुधबार गर्नुहोला । बिहीबार भने सेयर बजारमा लगानी नगर्नुहोला घाटा व्यहोर्नुपर्ने देखिन्छ। यो राशि हुनेहरूका लागि चैत १९ र १६ गते अति अशुभ भएकाले विशेष ध्यान दिनुपर्ने देखिन्छ।

यो महिनामा मकर राशि हुनेहरूलाई हरियो, कालो र सेतो रंग सुभ देखिन्छ भने पहेलों रंग अशुभ देखिन्छ। मकर राशि भएका व्यक्तिहरूलाई चैत महिनामा १ , ४  र ६ अंक शुभ देखिन्छ भने २ , ५ र ८ अंक भने नराम्रो देखिन्छ। यो महिनामा आर्थिक पक्षमा सुधार हुनेछ ।  बचत गर्ने अवसर पनि मिल्न सक्छ। तर ठूलो लगानी वा महत्वपूर्ण निर्णय गर्दा सोचविचार गरेर अघि बढ्नु राम्रो देखिन्छ।

कुम्भ राशि

कुम्भ राशि भएका ८०  प्रतिशत व्यक्तिहरूका लागि चैत महिना राम्रो देखिन्छ भने २० प्रतिशत व्यक्तिहरूलाई नराम्रो देखिन्छ। यो महिनामा कुनै नयाँ कामको थालनी गर्दै हुनुहुन्छ भने ६ र १४ गते गर्न सक्नुहुनेछ। सेयर बजारमा आइतबार भने लगानी नगर्नुहोला घाटा व्यहोर्नुपर्ने देखिन्छ। यो राशि हुनेहरूका लागि चैत १ , २२  र २९  गते अति अशुभ भएकाले विशेष ध्यान दिनुपर्ने देखिन्छ। यो महिनामा कुम्भ राशि हुनेहरूलाई सेतो र कालो रंग सुभ देखिन्छ भने रातो रंग अशुभ देखिन्छ।

कुम्भ राशि भएका व्यक्तिहरूलाई चैत महिनामा ५, ६ र ७ अंक शुभ देखिन्छ भने १, ४ र ८  अंक भने नराम्रो देखिन्छ। कुम्भ राशिका व्यक्तिहरूका लागि केही कामहरूमा सफलता मिल्न सक्छ भने केही काममा ढिलाइ वा अवरोध आउन सक्नेछ। मेहनत र धैर्य राखे राम्रो परिणाम पाउन सकिनेछ। स्वास्थ्यतर्फ सामान्य ध्यान दिनुपर्ने देखिन्छ।

मीन राशि

मीन राशि भएका ६५ प्रतिशत व्यक्तिहरूका लागि चैत महिना राम्रो देखिन्छ भने ३५ प्रतिशत व्यक्तिहरूलाई नराम्रो देखिन्छ। यो महिनामा कुनै नयाँ कामको थालनी गर्दै हुनुहुन्छ भने ६ , ९ , १६ र २७  गते गर्न सक्नुहुनेछ। सेयर बजारमा लगानी गर्ने सोच्दै हुनुहुन्छ भने सोमबार गर्नुहोला नाफा कमाउने योग देखिएको छ। यो महिनामा बुधबार भने सेयर बजारमा लगानी नगर्नुहोला घाटा व्यहोर्नुपर्ने देखिन्छ। यो राशि हुनेहरूका लागि चैत ४ गते अति अशुभ भएकाले विशेष ध्यान दिनुपर्ने देखिन्छ।

यो महिनामा मीन राशि हुनेहरूलाई सेतो रंग सुभ देखिन्छ भने हरियो रंग अशुभ देखिन्छ। मीन राशि भएका व्यक्तिहरूलाई चैत महिनामा २ , ६ र ९ अंक शुभ देखिन्छ भने १, ३ र ४ अंक भने नराम्रो देखिन्छ। यो महिनामा आर्थिक पक्षमा सुधार हुन सक्छ र केही नयाँ आम्दानीका स्रोत पनि खुल्ने सम्भावना छ, तर खर्चमा नियन्त्रण राख्नुपर्ने देखिन्छ।

आर्थिक राशिफल अर्थ सरोकार डटकममा https://youtu.be/KN0bKqDohiI?si=kyhhhYOgH060ZJy4  हेर्न सकिन्छ । भिडियोसहित:

 

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK