Skip to content
LAXMI SUNRISE BANK

नेपाल सेयर मार्केट्स एण्ड फाइनान्सका तत्कालीन अध्यक्ष पक्राउ

अर्थ सरोकार

काठमाडौँ । नेपाल सेयर मार्केट्स एण्ड फाइनान्सका तत्कालीन कार्यकारी अध्यक्ष योगेन्द्रप्रसाद श्रेष्ठ पक्राउ परेका छन् । बैंकिङ कसुर मुद्दामा दोषी ठहर भई फरार रहेका श्रेष्ठ पक्राउ परेका हुन् ।

सर्वोच्च अदालतले २०८१ भदौ ५ गते श्रेष्ठलाई दुईवटा मुद्दामा दोषी ठहर गरेको थियो । 

सर्वोच्चले गैरकानूनी तरिकाले निक्षेपकर्ता तथा संस्थाको हित विपरीत कार्य गर्दै बैंकिङ कसुरमा संलग्न रहेको ठहर गर्दै दुई मुद्दामा क्रमशः १९ करोड ४६ लाख १ हजार ६ सय ६२ रुपैयाँ ३९ पैसा र ३ करोड २१ लाख ३९ हजार ६ सय ८१ रुपैयाँ ५१ पैसा जरिवाना तथा ३ वर्ष कैद सजाय सुनाएको थियो । 

अदालतले नै दोषी ठहर गरेर सजाय सुनाएलगत्तै श्रेष्ठ फरार भएका थिए । तर, अन्ततः उनलाई नागार्जुन नगरपालिका-५ सितापाइलाबाट पक्राउ गरिएको प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले जनाएको छ ।  ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK