काठमाडौँ । पूर्वअर्थमन्त्री जनार्दन शर्मालाई सांसद बनाउन ‘कमाण्ड’ सम्हाल्ने गोपाल शर्मा (अनल) ले यसपाली उनै शर्मालाई हराएका छन् । रुकुम पश्चिममा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) बाट उम्मेदवारी दिएका गोपालले जनार्दनलाई भारी मतले हराएका हुन् ।
माओवादी केन्द्र र एकीकृत समाजवादी मिलेर नेकपा बनेपछि प्रगतिशील लोकतान्त्रिक पार्टीबाट चुनाव लडेका जनार्दन शर्मा यसपाली तेस्रो बनेका छन् ।
यसअघि चार-चार पटक चुनाव जितेका जनार्दन यसपाली पाँचौँ पटक चुनाव जित्ने दौडमा थिए । तर, उनको दौडमा ब्रेक लगाउँदै विगतमा उनैलाई जिताउन ‘कमाण्डर’को भूमिका खेल्ने गोपाल विजयी भएका छन् ।
गोपालले कुल २१ हजार ६ सय ९ मत पाउँदा जनार्दन शर्मा १४ हजार ३ सय ४६ मत पाएर तेस्रो बनेका छन् । बरु नेपाली काँग्रेसका राजु केसी १६ हजार ६ सय ६१ मतसहित दोस्रो बनेका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्