Skip to content
LAXMI SUNRISE BANK

मध्यपूर्वको तनावका कारण भारतमा इन्धनको मूल्य बढ्यो, नेपालमा पनि बढ्ने !

अर्थ सरोकार

काठमाडौँ । मध्यपूर्वमा जारी द्वन्द्वका कारण भारतमा प्रिमियम पेट्रोल र औद्योगिक डिजेलको मूल्यमा वृद्धि भएको छ । तेल मार्केटिङ कम्पनीहरूकाअनुसार शुक्रबारदेखि लागू हुनेगरि प्रिमियम गुणस्तरको पेट्रोलमा प्रतिलिटर करिव २.३० भारतीय रुपैयाँ र औद्योगिक डिजेलमा प्रतिलिटर २२ भारतीय रुपैयाँ वृद्धि गरिएको हो । 

मध्यपूर्वमा बढ्दो तनावलाई इन्धनको मूल्य बढ्नुको मुख्य कारण मानिएको छ । यो नयाँ मूल्य तत्कालै लागू हुने कम्पनीहरूले पुष्टि गरेका छन् । 

औद्योगिक डिजेलको मूल्यमा भएको भारी वृद्धिले उत्पादन (म्यानुफ्याक्चरिङ), ढुवानी (लजिस्टिक) र विद्युत उत्पादन जस्ता विभिन्न क्षेत्रहरूमा प्रतिकूल असर पार्ने देखिएको छ । स्थानीय सञ्चारमाध्यमहरूका अनुसार यसले उत्पादन र यातायात लागत बढाउने हुँदा दैनिक उपभोग्य वस्तुहरू समेत महँगो हुनसक्ने सम्भावना छ । 

यद्यपि भारतको संघीय सरकारले प्रिमियम पेट्रोलको मूल्य वृद्धिलाई खासै ठूलो समस्याका रूपमा लिएको छैन । सरकारका अनुसार देशमा कुल पेट्रोल खरिद गर्ने उपभोक्तामध्ये केवल २ देखि ४ प्रतिशतले मात्र प्रिमियम पेट्रोल प्रयोग गर्ने भएकाले यसको प्रभाव न्यून रहनेछ । 

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK