Skip to content
LAXMI SUNRISE BANK

बिहीबार सुनको मूल्य दुई हजार रुपैयाँले घट्यो

अर्थ सरोकार

काठमाडौँ। बिहीबार सुनको मूल्य घटेको छ। कारोबारको अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य प्रतितोला दुई हजार रुपैयाँले घटेको हो ।

कारोबारको अघिल्लो दिन प्रतितोला तीन लाख १९ हजार रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन, आज दुई हजार रुपैयाँले घटेर तीन लाख १७ हजार रुपैयाँमा कारोबार भईरहेको छ ।

यता चाँदीको मूल्य २०५ रुपैयाँले घटेर प्रतितोला ५५१५ रुपैयाँमा कारोबार भईरहेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार प्रति १० ग्राम छापावाला सुनको मूल्य दुई लाख ७१ हजार ७ सय ७५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य ४७२८ रुपैयाँमा कायम भएको छ ।

सुनचाँदीको मूल्य सम्बन्धि दैनिक विवरण अर्थ सरोकार डटकममा ‘अटो अपडेट’ हुन्छ । अर्थ सरोकार ‘सुनचाँदी पेज’ मा सो विवरण हेर्न सकिन्छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK