Skip to content
LAXMI SUNRISE BANK

गुड मर्निङ्ग सुशासन : कलिला बच्चाहरुलाई ताकीताकी गोली हान्न आदेश दिने तत्कालीन काठमाडौँका सीडिओ पक्राउ !

अर्थ सरोकार

काठमाडौं । काठमाडौंका पूर्व प्रमुख जिल्ला अधिकारी छवि रिजाल पक्राउ परेका छन्। अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई नियन्त्रणमा लिएको हो।

रिजाल जेनजी आन्दोलनका बेला काठमाडौंका सीडीओ थिए। गत भदौ २३ र २४ गते भएको उक्त आन्दोलनमा दमन गरेको आरोप उनीमाथि लागेको छ। उनी तत्कालीन गृहमन्त्री रमेश लेखक निकट मानिन्थे। आन्दोलनपछि एक महिना नपुग्दै उनलाई सीडीओ पदबाट हटाइएको थियो।

गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले रिजालमाथि कारबाही सिफारिस गरेको थियो। सोही सिफारिसका आधारमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकलाई यसअघि नै पक्राउ गरिसकिएको छ।

आयोगसमक्ष दिएको बयानमा रिजालले आफूले घुँडाभन्दा तल लक्षित रबरको गोली चलाउन मौखिक निर्देशन दिएको तर सिधै गोली चलाउने आदेश नदिएको दाबी गरेका छन्।

Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK