काठमाडौँ । सार्वजनिक यातायातको भाडा बढ्ने भएको छ । यातायात व्यवस्था विभागले पेट्रोलियम पदार्थमा भएको मूल्य वृद्धिलाई आधार मानेर सार्वजनिक यातायातको भाडा वृद्धि गर्न सरकारलाई सिफारिस गरेको हो ।
सार्वजनिक यात्रुवाहक सवारी साधनमा ११.३३ प्रतिशत, पहाडी बाटोमा चल्ने मालवाहक सवारीमा १४.२९ प्रतिशत र तराईको बाटोमा चल्ने मालवाहक सवारीमा ८.८१ प्रतिशत भाडा बढाउन सिफारिस गरिएको छ ।
नेपाल आयल निगमले गत चैत २ गतेदेखि लागू हुनेगरी डिजेल प्रतिलिटर १० र पेट्रोल प्रतिलिटर १५ रुपैयाँले बढाएको छ । निगमले पेट्रोलियम पदार्थको मूल्य बढाउँदा त्यसको सिधा असर यातायात व्यवसायीलाई परेको भन्दै भाडा बढाउन यातायात व्यवसायी राष्ट्रिय महासंघले माग गरेको छ ।
महासंघले २०७२ सालदेखि भाडा समायोजन नभएको भन्दै हाल व्यवसायीहरूले दैनिक लाखौं रुपैयाँ घाटामा सेवा सञ्चालन गरिरहेको उल्लेख गरेको छ । त्यस्तै, महासंघले यथाशीघ्र भाडा समायोजन नगरे देशभरका यातायात सेवा प्रभावित पार्ने चेतावनी समेत दिएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्