काठमाडौँ । हर्क साम्पाङको श्रम संस्कृति पार्टीले पनि खाता खोलेको छ । खोटाङमा ऐतिहासिक जित निकाल्दै साम्पाङको श्रम संस्कृति पार्टीले खाता खोलेको हो ।
खोटाङबाट श्रम संस्कृति पार्टीको माटो चुनाव चिन्ह लिएर चुनाव लडेका आरेन राई आफ्ना प्रतिद्वन्दी नेकपा एमालेका देवविक्रम राईलाई भारी मतले हराउँदै प्रतिनिधि सभा सदस्यको निर्वाचनमा विजयी भएका हुन् ।
उनले १६ हजार ६ सय १२ मत ल्याउँदा एमालेका राईले १२ हजार ७ सय १४ मत पाएका छन् । एमालेको किल्लाका रुपमा रहेको खोटाङमा श्रम संस्कृति पार्टीको जितलाई ऐतिहासिक जितका रुपमा हेरिएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्