काठमाडौँ । सेयर बजारका प्राविधिक विश्लेषक बिमोददेव पन्तले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को विजयीमा सेयर लगानीकर्ता खुसी भएको प्रतिक्रिया दिएका छन् । सोमबार सेयर बजारमा देखिएको पोजेटिभ सर्किटपछि अर्थ सरोकारसँग कुराकानी गर्दै पन्तले लगानीकर्ता रास्वपाको विजयीमा खुसी भएको प्रतिक्रिया दिएका हुन् ।
‘राष्ट्रिय स्वतन्त्र पार्टीको स्थिर सरकार बन्ने भएपछि लगानीकर्ता खुसी छन् ।’, उनले भने, ‘लगानीकर्तामा बढेको उच्च मनोबलकै रियाक्सन हो आजको पोजेटिभ सर्किट ।’
अर्कोतर्फ रास्वपाले सेयर बजार सम्बन्धी आफ्नो बाचा पत्रमा उल्लेख गरेको योजनाले पनि सेयर लगानीकर्ताको मनोबल बढाएको पन्तको भनाई छ । ‘बजारमा पोजेटिभ माहोल बनेको छ । सबै चिज पोजेटिभ हुँदा सेयर बजारमा पनि अब पोजेटिभ नै हुन्छ भन्ने मान्नुपर्छ । नेगेटिभ हुनुपर्ने ठाउँ छैन ।’, पन्तले भने ।
त्यस्तै, पन्तले बजार बढेपछि बजारमा सेलिङ देखिनु स्वभाविक भएको बताएका छन् । ठूला लगानीकर्ताको हातमा धेरै सेयर हुँदासम्म रियल बुल नआउने उनको भनाई छ । अब बजारमा आउने सेलिङलाई पचाएर रिटेलरको हातमा धेरै भन्दा धेरै सेयर परेपछि ‘प्रोपर बुल’ सुरु हुने पन्तले बताएका छन् ।
त्यस्तै, पन्तले अव बन्ने सरकारले सेयर बजारमा एनआरएनले लगानी गर्न पाउने विषयलाई तत्काल सम्बोधन गर्नुपर्ने र विदेशी लगानी नेपालमा भित्र्याउन मिल्ने वातावरण बनाउनुपर्ने बताएका छन् ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्