Skip to content
LAXMI SUNRISE BANK

कामना सेवा विकास बैंक र अशोका रेसोर्टबीच सम्झौता

अर्थ सरोकार

काठमाडौँ। कामना सेवा विकास बैंकले अशोका रेसोर्ट प्रालि तथा होटल अशोकासँग सम्झौता गरेको छ। चितवन, भरतपुर स्थित अशोका रेसोर्ट प्रालि तथा होटल अशोकासँग बैंकले सेवा शुल्क छुट सम्बन्धी सम्झौता गरेको हो ।

यस सम्झौता अन्तर्गत बैंकका कर्मचारी र ग्राहकहरुले अकोमोडेसन, फुड र बेभरेजमा १० प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् ।

बैंकको ग्राहकहरुले बैंकसँगको आबद्धता भएको प्रमाणको आधारमा यो सुविधा सहजै प्राप्त गर्न सकिनेछ । यस सम्झौताबाट बैंकसँग आबद्ध सम्पूर्ण महानुभावहरुले विशेष लाभ लिने बैंकले विश्वास लिएको छ ।

उक्त छुट सम्बन्धी सम्झौतामा बैंकका तर्फबाट नारायणगढ क्षेत्रका प्रमुख सुरेन्द्र भण्डारी र होटलका प्रबन्ध निर्देशक अशोक अधिकारीले हस्ताक्षर गरेका छन्।

 

Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK