Skip to content
LAXMI SUNRISE BANK

यौनजन्य हिंसाका पीडितलाई शीघ्र न्यायका लागि कानून संशोधन गर्ने कानुनमन्त्रीको निर्णय

अर्थ सरोकार

काठमाडौँ । नवनिर्वाचित कानून, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले केही गम्भीर अपराधका कसुरदारलाई कारवाही तथा पीडितको शीघ्र न्यायका लागि विद्यमान कानुनी बाधा हटाउने पहिलो निर्णय गरेकी छन् । शुक्रबार पदवहाली गर्दै गौतमले यस्तो निर्णय गरेकी हुन्।

उनले जबरजस्ती करणी र जबरजस्ती करणीपश्चात हुने हत्या, यौनजन्य हिंसा, बालबालिका सम्बन्धी कसुरका दोषीलाई दण्ड सजाय र पीडितलाई शीघ्र न्यायका लागि अपराध संहितालगायतका कानुनहरूमा देखिएका अवरोध अध्ययन कार्यदल गठनगरी सो को सिफारिसको आधारमा आगामी अधिवेशनमा अपराध संहितलगायत कानुनमा संशोधन गर्ने निर्णय गरेको जानकारी दिइन् ।

उनले मन्त्रालयबाट सुधार गर्नुपर्ने कानुनहरु तीव्र गतिमा सुधारको बाटोमा लैजाने पनि बताइन् ।

 

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK