काठमाडौँ । ‘लायन्स क्लब अफ काठमाडौँ डाइमण्ड’का अध्यक्ष कुमार भण्डारीले मानवसेवा आश्रममा जन्मदिन मनाएका छन् । जन्मदिनलाई व्यक्तिगत उत्सवमा सिमित नराखी सामाजिक सेवामा रुपान्तरण गर्ने उद्धेश्यले भण्डारीले मानव सेवा आश्रम, रानीवनमा जन्मदिन मनाएका हुन् ।
मानव सेवा आश्रममा जन्मदिन मनाउँदै आश्रममा रहेका २ सय ५० भन्दा बढी अशक्त, अपाङ्ग तथा ज्येष्ठ नागरिकलाई भोजन गराइएको अध्यक्ष भण्डारीले जानकारी दिएका छन् ।
लायन्स क्लब इन्टरनेशनल ३२५एफका डिस्ट्रिक गभर्नर लायन केशर बहादुर भण्डारीको प्रमुख आथित्यतामा आश्रममा सम्पन्न गरिएको उक्त कार्यक्रममा भाइस डिस्ट्रिक गभर्नर मनोज कुमार सापकोटा, क्याबिनेट सेक्रेटरी इन्द्र कार्की, बसन्त थापा र अर्जुन कार्की लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रममा सहभागी सबैप्रति आभार प्रकट गर्दै अध्यक्ष भण्डारीले आगमी दिनम पनि यस्ता सामाजिक कार्यमा साथ र सहयोगको अपेक्षा गरेका छन् । उनले देशभर मानवसेवा आश्रहको सेवा विस्तारमा सक्रिय रामजी अधिकारी, उमा भण्डारी र सम्पूर्ण आश्रम परिवारप्रति विशेष धन्यवाद व्यक्त गरेका छन् ।

सडकमा जीवन बिताइरहेका जेष्ठ नागरिक तथा असहाय व्यक्तिहरूको सेवा गर्दै आएको मानव सेवा आश्रमले यस्ता पहलहरूबाट समाजमा सकारात्मक सन्देश प्रवाह गरिरहेको छ । जन्मदिनलाई सेवा र सहानुभूतिमा बदल्ने यो प्रयासले अन्यलाई पनि प्रेरित गर्ने अपेक्षा गरिएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्