Skip to content
LAXMI SUNRISE BANK

मंगलबार चन्द्रग्रहण, निर्वाचनको मुखमा ग्रहणलाई देखाएर अत्याउँदै ज्योतिषहरु !

अर्थ सरोकार

काठमाडौँ । मंगलबार चन्द्रग्रहण लाग्दैछ । भूगोल सास्त्रीहरुका अनुसार नेपालबाटसमेत देखिने यो ग्रहण साँझ ०६ बजेर ०३ मिनेटबाट सुरु हुने यस ग्रहण ०७ बजेर ०२ मिनेट सम्म रहनेछ । एक घण्टा ०५ मिनेट यस ग्रहणको अवधि रहने बताइएको छ ।

चन्द्र ग्रहणको सुतक काल सामान्यतया ग्रहण लाग्नु ९ घण्टा अगावै सुरु हुने र यसबीचमा कुनै पनि शुभ कार्य नगर्न ज्योतिषहरुले सुझाएका छन् ।

तर निर्वाचनको मुखमा देश रहँदा केहि ज्योतिषहरुले नेपालीलाई ग्रहण देखाएर अत्याईरहेको पाइएको छ । चर्चित युवा ज्योतिष हरिहर अधिकारीले एक भिडियो पोष्ट गर्दै भदौ र फागुनमा भएको चन्द्र ग्रहणले नराम्रो असर गर्ने भन्दै फेसबुकमा पोष्ट गरेका छन् । भदौको चन्द्र ग्रहणलाई जोडेर भदौ २३ र २४ गतेको आन्दोलन देखिएको आसय ज्योतिषहरुले देखाएपछि त्रास फैलिएको छ ।

निर्वाचन आयोगले निर्वाचन भयरहित वातावरणमा सक्काउने भनेको छ । तर यहि समयमा ग्रहणलाई देखाएर युवा ज्योतिषहरुले नै जनता अत्याईरहेका छन् । यसअघि केहि ज्योतिषहरुले त फागुन २१ ग्रहणको प्रभाव रहने भएकाले चुनाव नै नहुने ठोकुवासमेत गरेका थिए । तर ती ज्योतिषहरुलाई फेल गर्नेगरी निर्वाचन आयोगले निर्वाचनको सम्पूर्ण तयारी सकीईसकेको छ । फागुन २१ गते हुने निर्वाचनको मौन अवधि सुरु भईसकेको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

GARIMA BIKAS BANK