Skip to content
LAXMI SUNRISE BANK

नेपाल सेरामिक इण्डष्ट्रीले आईपीओ जारी गर्ने, बिक्री प्रबन्धकमा माछापुच्छ्रे क्यापिटल नियुक्त

अर्थ सरोकार

काठमाडौँ । नेपाल सेरामिक इण्डष्ट्री लिमिटेडले आईपीओ जारी गर्ने भएको छ । कम्पनीले सर्वसाधारणका लागि ३० लाख कित्ता सेयर जारी गर्ने भएको हो ।

आईपीओ जारी गर्नका लागि कम्पनीले माछापुच्छ्रे क्यापिटल लिमिटेडलाई निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।

बिक्री प्रबन्धक नियुक्तिसम्बन्धि सम्झौतापत्रमा धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक माछापुच्छ्रे क्यापिटल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत उपेन्द्र मालाकार र निष्काशनकर्ता कम्पनी नेपाल सेरामिक इण्डष्ट्री लिमिटेडका अध्यक्ष शम्भुनाथ झाले हस्ताक्षर गरेका छन् ।

योसँगै अब छिट्टै कम्पनीले सर्वसाधारणका लागि आईपीओ जारी गर्नेछ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK