काठमाडौँ । स्वतन्त्र उम्मेदवार महावीर पुनले चुनाव जितेका छन् । म्यादीबाट स्वतन्त्र उम्मेदवारी दिएका पुनले प्रतिद्वन्दीलाई भारी मतले हराउँदै जित हासिल गरेका हुन् ।
जित पक्का भएसँगै पुनले विजय जुलुसमा नआउन आग्रह गरेका छन् ।
सामाजिक सञ्जालमार्फत उनले ‘हारेकालाई उडाउनु हुन्न’ भन्दै विजय जुलुस नगर्न आग्रह गरेका छन् । ‘…बिजय जुलुस निकालेर चुनावमा हारेका प्रतिस्पर्धीहरुलाई उडान हुन्न ।’, उनले लेखेका छन्, ‘आउँदो दिनहरुमा विपक्षीहरुमा विपक्षीहरुसँग नै मिलेर म्याग्दीको विकासको लागि काम गर्नुपर्छ ।’
त्यस्तै, उनले नारा, जुलुस, भोज, भतेर जस्ता आडम्बरी कुराहरु आफूलाई मन नपर्ने भन्दै जितमा खुसियाली मनाउन चाहनेले गाउँघरमै मनाउन पनि पुनले आग्रह गरेका छन् ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्