Skip to content
LAXMI SUNRISE BANK

मध्यपूर्वको तनाव: ‘छुट्टीमा फर्केर बिहे गर्छु’ भनेका दिवस उतै अस्ताए, गोर्खासँगै पूरै देश ‘स्तब्ध’ ! 

अर्थ सरोकार

काठमाडौँ । गोरखाका २९ वर्षीय दिवस श्रेष्ठले दुई दिनअघि मात्रै फेसबुकमा लेखेका थिए – ‘समाचार हेरेपछि मेरो ध्यानाकर्षण भयो । अबुधाबीको बासिन्दाका हिसाबले यहाँको अवस्था के छ मलाई थाहा छ । केही रिपोर्टहरू बढाइचढाइ भएर आएका छन् ।’

तर विडम्बना, उनले लेखेको सो स्ट्याटस नै उनको अन्तिम स्ट्याटस बन्यो, उनका साथीभाइले अव उनको आवाज सुन्न पाउने छैनन् । र मध्यपूर्वको तनावका बीच एक नेपालीको निधनको खबरले यतिबेला पूरै देश स्तब्ध छ ।

गोरखाको भीमसेन थापा गाउँपालिका-७, ठाटी बजारका २९ वर्षीय दिवस श्रेष्ठ जायद अन्तर्राष्ट्रिय विमानस्थल परिसरमा सुरक्षाकर्मीका रूपमा ड्युटीमा थिए ।

काठमाडौंमा ओभरसियर पढ्दै गरेका दिवस अचानक वैदेशिक रोजगारीतिर गएका थिए । सामान्य घरपरिवारका छोरा थिए उनी । बुवाको थाकेको काँध हलुका बनाउने सपना बोकेर तीन वर्षअघि यूएई उडेका उनी भन्थे -‘अर्को छुट्टीमा आउँदा बिहे गर्छु ।’ तर अव उनको अर्को छुट्टी कहिल्यै नआउने भएको छ ।

बुवा चामबहादुर श्रेष्ठका अनुसार भागदौडको क्रममा घुँडामा चोट लागेको छ भनेर दिवसका साथीहरुले खबर गरेका थिए । तर अचानक उनी नरहेको खबरहरु सार्वजनिक भए ।

श्रेष्ठको निधनसँगै उनको पूरै गाउँ शोकमा डुबेको छ । केही दिनअघिसम्म मात्र दिवसको विवाहको चर्चा चलेको गाउँमा आज किरियाको तयारी र क्रन्दन छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

GARIMA BIKAS BANK