काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले मध्यपूर्वमा क्षेत्रको हवाई मार्गमा लगाइएको प्रतिबन्धले केही अन्तर्राष्ट्रिय उडानहरू प्रभावित हुने बताएको छ ।
इरानमाथि अमेरिका र इजरायलले सैन्य आक्रमण गरेपछि कतार, दुबई र आबुधावी अन्तर्राष्ट्रिय विमानस्थल बन्द भएकाले काठमाडौँस्थित विमानस्थलले एक सूचना जारी गर्दै मध्यपूर्वी क्षेत्रका हवाई क्षेत्र बन्द गरिएका कारण केही उडान रद्द वा ढिला हुने जनाएको हो । विमानस्थल अन्तर्राष्ट्रिय उडानहरू ढिलाइ हुने, पुनः तालिकामा पर्ने वा रद्दसमेत हुन सक्ने सम्भावना रहेको बताएको हो ।
विमानस्थले यात्रुहरूलाई आफ्नो उडानको पछिल्लो अवस्थाबारे सम्बन्धित वायुसेवा कम्पनीसँग बुझेर मात्र विमानस्थल आउन आग्रह समेत गरेको छ । विमानस्थलले सम्बन्धित वायुसेवा कम्पनीमा सिधा सम्पर्क गरेर उडानको अवस्था यकिन गर्न अनुरोध गरेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्