काठमाडौँ । इरानको सबैभन्दा ठूलो प्राकृतिक ग्यास भण्डार क्षेत्रमा आक्रमण गरिएको छ । इजरायल र अमेरिकाले इरानको साउथ पर्स ग्यास फिल्डमा आक्रमण गरेको हो ।
इरानको ठूलो ग्यास भण्डार क्षेत्रमा इजरायल-अमेरिकाले आक्रमण गरेपछि मध्यपूर्वको तनाव झन् उत्कर्षमा पुगेको छ । आफ्नो सबैभन्दा ठूलो ग्यास भण्डार क्षेत्रमा आक्रमण भएपछि जवाफी हमलामा इरानले कतारमा मिसाइल खसालेको छ ।
इरानले कतारको रास लाफान औद्योगिक क्षेत्रमा मिसाइल खसालेको हो । मिसाइल आक्रमणबाट कतारको मुख्य ग्यास प्रशोधन प्लान्टमा आगलागी हुँदा ठूलो क्षति भएको कतारको सरकारी पेट्रोलियम कम्पनीले जनाएको छ ।
प्लान्ट पूर्वाधारमा ठूलो क्षति भए पनि मानवीय क्षति भने नभएको बताइएको छ । उक्त आक्रमणलाई कतारले आफ्नो राष्ट्रिय सुरक्षा र क्षेत्रीय स्थिरतामाथि सीधा खतरा भएको बताएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्