Skip to content
LAXMI SUNRISE BANK

कपिलबस्तुमा रास्वपाका मोहन लाल आचार्य भारी मतान्तरले विजयी !

अर्थ सरोकार

काठमाडौँ । कपिलबस्तु-१ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का मोहन लाल आचार्य विजयी भएका छन् । स्वतन्त्र उम्मेदवार आशिष शर्मालाई भारी मतान्तरले पराजित गर्दै उनले शानदार जित निकालेका हुन् ।

आचार्यले ३४ हजार १ सय ४८ मत ल्याएर विजयी भएका हुन् । उनले सो बराबर मत प्राप्त गर्दा प्रतिद्वन्द्वी स्वतन्त्र उम्मेदवार आशिष शर्माले १५ हजार ८ सय ३० मत प्राप्त गरेका छन् ।

त्यस्तै, नेपाली काँग्रेसका अतहर कमाल मसलमानले १४ हजार ५ सय ८२ मत प्राप्त गरेका छन् भने नेकपा एमालेका विश्राम प्रसाद चौधरीले ७ हजार ९ सय ८१ मत प्राप्त गरेका छन् । आचार्यको जितसँगै कपिलबस्तु-१ मा एमाले-काँग्रेस पत्तासाफ भएको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK