काठमाडौँ । विदेश अध्ययनका लागि परामर्श सेवा प्रदान गर्दै आएको मोटिफ एजुकेसन अब्रोड प्रालि आफ्नो १९औँ वार्षिकोत्सव मनाउँदै २० वर्षतर्फ अग्रसर भएको छ। सन् २००७ मा स्थापना भएको संस्थाले हालसम्म १५ हजारभन्दा बढी नेपाली विद्यार्थीलाई अन्तर्राष्ट्रिय शिक्षामा पहुँच दिलाउँदै विश्वका १०० भन्दा बढी विश्वविद्यालय तथा शैक्षिक संस्थासँग सहकार्य कायम गरेको जनाएको छ।
कम्पनीले बिहीबार काठमाडौंमा आयोजना गरेको विशेष कार्यक्रममा शैक्षिक साझेदार संस्था, विद्यार्थीहरू, अभिभावक तथा सरोकारवालाको सहभागिता रहेको थियो।
कार्यक्रममा संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत उमेश पाण्डेले मोटिफ एजुकेसनले स्थापना कालदेखि नै नेपाली विद्यार्थीहरूलाई अन्तर्राष्ट्रिय शिक्षाको अवसरसँग जोड्ने उद्देश्यसहित परामर्श सेवा प्रदान गर्दै आएको बताए। उनले संस्थाले गुणस्तरीय परामर्शमार्फत विद्यार्थीहरूलाई सही गन्तव्य र शैक्षिक अवसर छनोट गर्न सहयोग गर्दै आएको उल्लेख गरे।
वार्षिकोत्सवको अवसरमा संस्थाले विद्यार्थीहरूका लागि आईईएलटीएस र पिटिइ तयारी कक्षामा ५५ प्रतिशतसम्म छुट तथा युके, अमेरिका, अष्ट्रेलिया, न्यूजिल्यान्ड र युरोपमा अध्ययनका लागि निःशुल्क प्रोसेसिङ सेवा प्रदान गर्ने विशेष अफर सार्वजनिक गरेको छ। कम्पनीका अनुसार उक्त अफर ३१ मार्चसम्म मात्र लागू हुनेछ।
मोटिफ एजुकेसनले विदेश अध्ययन प्रक्रिया सहज बनाउन आईईएलटीएस, टोफेल, पिटिइ, स्याट, जीआरई र जिएम्याट परीक्षाका लागि नतिजामुखी तयारी कक्षाहरू सञ्चालन गर्दै आएको छ। कम्पनीका अनुसार प्रत्येक वर्ष ६ सयभन्दा बढी विद्यार्थीलाई परीक्षा तयारीमा सहयोग प्रदान गरिँदै आएको छ।
संस्थाले अध्ययन गन्तव्य छनोटदेखि विश्वविद्यालयमा आवेदन, कागजात तयारी परामर्श, भिसा प्रक्रिया तथा प्रि-डिपार्चर ओरियन्टेसनसम्म विद्यार्थीहरूलाई सम्पूर्ण चरणमा सहयोग प्रदान गर्दै आएको जनाएको छ।
कार्यक्रममा पाण्डेले विदेशमा उच्च शिक्षा हासिल गर्नु विद्यार्थीको व्यक्तिगत तथा व्यावसायिक विकासका लागि महत्वपूर्ण अवसर भएको उल्लेख गर्दै मोटिफले नेपाली विद्यार्थीहरूलाई विश्वस्तरीय शिक्षा अवसरसँग जोड्ने लक्ष्यसहित काम गर्दै आएको बताए। कम्पनीका अनुसार सेवा प्रदान गर्दा पारदर्शिता, गुणस्तर र उत्तरदायित्वलाई मूलमन्त्रका रूपमा सदैव अंगीकार गर्दै आएको उल्लेख गरिएको छ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्