काठमाडौँ। नेपाल राष्ट्र बैंकले सुविधा मनि चेन्जर प्रा.लिको इजाजतपत्र रद्द गरेको छ। राष्ट्र बैंकले एक सूचना जारी गर्दै तोकिएको समयमा नवीकरण नगरेको पाइएपछि सुविधा मनि चेन्जर प्रा.लिको इजाजतपत्र रद्द गरेको जनाएको हो।
राष्ट्र बैंकको विराटनगर कार्यालयले झापाको मेचीनगर नगरपालिका ६ मा रहेको सुविधा मनी चेन्जरको लाइसेन्स रद्द गरेको हो।
राष्ट्र बैंकले जारी गरेको सूचनामा भनिएको छ, ‘यस बैंकबाट मनिचेञ्जर कारोवार गर्न इजाजतपत्र प्राप्त गरेका देहायबमोजिमका मनिचेञ्जरको नेपाल राष्ट्र बैंक, मनिचेञ्जर इजाजतपत्र तथा निरीक्षण विनियमावली, २०७७ (चौथो संशोधनसहित) को विनियम १९ को उप विनियम (३) मा भएको व्यवस्थाबमोजिम तोकिएको समयमा नवीकरण नगरेकाले इजाजतपत्र रद्द गर्ने निर्णय गरिएको हो।’
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्