Skip to content
LAXMI SUNRISE BANK

नेप्से २३.८७ अंकले बढ्यो, सालपा विकास बैंक र रिलायन्स स्पिनिङ मिल्समा पोजेटिभ सर्किट !

अर्थ सरोकार

काठमाडौँ । बिहीबार सेयर बजार मापक नेप्से परिसूचक बढेको छ । आज नेप्से २३.८७ अंकले बढेर २८२०.४४ बिन्दुमा पुगेको हो ।

नेप्सेमा कुल ३ सय ३५ कम्पनीको ४ करोड १६ लाख ८६ हजार ४ सय ५ कित्ता सेयर खरिद बिक्री हुँदा १४ अर्ब माथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै कारोबार नेशनल हाइड्रो  पावर कम्पनीको भएको छ ।

त्यस्तै, आजको बजारमा सालपा विकास बैंक र रिलायन्स स्पिनिङ मिल्स लिमिटेडका लगानीकर्ताले सबैभन्दा धेरै नाफा कमाएका छन् । उक्त कम्पनीमा आज पोजेटिभ सर्किट लागेको छ।

यता, कुमारी सबल योजना कम्पनीका लगानीकर्ताले भने सबैभन्दा धेरै गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य ३ प्रतिशतभन्दा धेरैले घटेको हो ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK